गृहपृष्ठ मुक्तिनाथ विकास बैँकद्वारा लकडाउनमा राहत सहयोग

मुक्तिनाथ विकास बैँकद्वारा लकडाउनमा राहत सहयोग

muktinath-newskarobar

मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय बिर्तामोडले सहारा नेपाल (साकोस)ले सञ्चालन गरेको ‘एकका लागि एक अभियान’लाई आर्थिक सहयोग गरेको छ । अभियानले बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण गर्र्दै आइरहेको छ ।

सहयोग रकम बैंकका प्रदेश १ का क्षेत्रीय प्रमुख मनोज बिष्ट र बिर्तामोड शाखा प्रमुख हरि ओझाले एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई हस्तान्तरण गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले सरकारले कोरोनाभाइरसको महामारीको जोखिम न्युनीकरण गर्नका लागि लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको छ । बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भएसम्म सहयोग गर्ने प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित समय १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु