गृहपृष्ठ सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका तीन, बैतडीका एक र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धनगढी प्रयोगशालामार्फत गरिएको परीक्षणमा पाँचै जनामा कोरोना पुष्टि भएको हो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिक श्रेष्ठले जानकारी दिए ।
यससँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० पुगेको छ । सुदूरपश्चिम प्रदेशमा चैत १४ गते पहिलो कोरोना संक्रमित फेलापरेका थिए । धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको हो ।
प्रकाशित समय १६:२८ बजे

















