गृहपृष्ठ कालिकोटमा ट्रिप्पर दुर्घटना : २ जनाको मृत्यु, ४ घाइते, ६ वेपत्ता
कालिकोटमा ट्रिप्पर दुर्घटना : २ जनाको मृत्यु, ४ घाइते, ६ वेपत्ता
कालिकोटमा भारतबाट आएका नागरिक बोकेको ट्रिप्पर दुर्घटना भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका १ लालीघाट कालिकोटबाट रास्कोट नगरपालिकातर्फ भारतबाट आएका नागरिक बोकेर हिँडेको ना ८ ख ५१३३ नंको ट्रिप्पर दुर्घटना भएको हो ।
लालीघाट बजार नजिकै बुधबार बिहान १०:३० बजेटिर दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयका अनुसार ३९ जना बोकेर रास्कोट नगरपालिकाको क्वारेन्टिनतर्फ हिँडेको ट्रिप्पर दुर्घटनामा परेर कर्णाली नदीमा खसेको छ ।
दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते अवस्थामा फेला परेका छन् । त्यस्तै ६ जना बेपत्ता र बाँकी २७ जना सशुसल रहेकाे प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपीले बताए । अहिले घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेनाले उद्दार तथा खोजी कार्य गरिरहेको उनले बताए ।
प्रकाशित समय १२:४३ बजे

















