गृहपृष्ठ दुई दिन ढिला भित्रियो मनसुन
दुई दिन ढिला भित्रियो मनसुन
मनसुन अर्थात वर्षामास, नेपालजस्तो आकासे पानीमा निर्भर खेती प्रणाली भएको मुलुकमा किसानका लागि खुसी भित्र्याउने याम औपचारिक रूपमा नेपाल प्रवेश गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सामान्य समयभन्दा २ दिन ढिला गरी नेपालमा मनसुन प्रवेश गरेको हो । सामान्यतः मनसुन जुन १० मा नेपालको पूर्वी भू-भागमा प्रवेश गर्नुपर्नेमा आज जुन १२ मा प्रवेश गरेको विभागले जनाएको छ ।
विभागका अनुसार जुन ११ सम्म बंगलादेशको तटीय क्षेत्र र भुटान पश्चिम पुगेको मनसुन आज नेपालतर्फ फर्किएको हो । यो वर्ष औसत वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पूर्वी भूभागबाट भित्रिएको मनसुन आजैबाट क्रमशः देशका सबै भूभागमा विस्तारित हुँदै वर्षा हुने महाशाखाले जानकारी दिएको छ । हाल देशको प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ मा सामान्य बदलीको अवस्था रही वर्षाको सम्भावना रहेकोले सतर्क रहन विभागले अनुरोध छ ।
प्रकाशित समय १९:३२ बजे

















