गृहपृष्ठ नेपाल-चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती

नेपाल-चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती

छाङरुमा नापनक्सा गर्दै इञ्जिनियर टोली ।

दार्चुलाको व्यास गाउँपालिका १ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी)मा खटिएको सशस्त्र प्रहरी टोलीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपाल–चीन सीमा स्तम्भमा पुगेको हो ।

छाङ्गरुमा सशस्त्र प्रहरीको २५ जनाको टोली छ । टोलीले पहिलोपटक सीमा पिलरसम्म गस्ती बढाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाका प्रहरी नायब उपरीक्षक दीपक विष्टले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको टोलीले १ नम्बर पिलरसम्म गस्ती गरेको हो ।

असार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले समेत व्यासको छाङ्गरु बीओपीको निरीक्षण भ्रमण गरेका थिए । (रासस)

प्रकाशित समय ०८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु