गृहपृष्ठ शीतल निवासमा आज रात्रिभोज, को को हुँदैछन् सहभागी ?

शीतल निवासमा आज रात्रिभोज, को को हुँदैछन् सहभागी ?

आज राष्ट्रपति निवास शीतल निवासमा रात्रिभोजको आयोजना गरिएको छ ।

बुधबार साँझ ५ बजे राष्ट्रपति निवासमा आयोजित गरिने भोजमा प्रधानमन्त्री केपी ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालाई निमन्त्रणा गरिएको छ ।

यस्तै, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्दलाई निम्ता गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित समय ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु