गृहपृष्ठ आफूनिकट मन्त्रीहरुसँग थप छलफल गर्दै प्रधानमन्त्री ओली

आफूनिकट मन्त्रीहरुसँग थप छलफल गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका मन्त्रीहरुसँग थप छलफल थालेका छन् । यसअघि उनले बालुवाटारमा मन्त्रिमण्डलमा रहेका सबै मन्त्रीहरुसँग छलफल गरेका थिए ।

सो बैठकमा ओली निकटका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भने नरहेको बताइएको छ । यस्तै पूर्वमाओवादी निकटका मन्त्रीहरु पनि बैठकस्थलबाट बाहिरिइसकेका छन् ।

प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेकपा नेताहरु बताउँछन् ।

प्रकाशित समय २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु