गृहपृष्ठ ‘डीएसपी हुँ’ भन्दै धम्काउने तथा चोरीमा संलग्न पक्राउ
‘डीएसपी हुँ’ भन्दै धम्काउने तथा चोरीमा संलग्न पक्राउ
आफूलाई डीएसपी हुँ भन्दै धम्काउने तथा चोरी कार्यमा समेत संलग्न रहेको अभियोगमा रामेछाप उमाकुण्ड गाउँपालिका-२ बस्ने २६ वर्षीय राजकुमार सुनुवारलाई काठमाडौं महानगरपालिका-२६ बिजीमलस्थित सडकबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रही भागी फरार रहेको भन्ने जनगुनासो आधारमा महानगरीय प्रहरीवृत्त महाराजगंज समेतबाट खटिएको प्रहरीले बा.९७ प १६८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्दा चोरीका मोबाइल ११ थान समेत फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १९:३५ बजे

















