गृहपृष्ठ नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द
नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द
नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द भएको छ । नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेका भारतीय न्युज च्यानलहरूको प्रसारण विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ)हरुले गरेका हुन् ।
बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिएको छ । मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरेकाले नेपालमा नदेखिने बनाइएको बताए ।
भारतीय मिडियाले केही समययता प्रधानमन्त्री तथा चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक सामग्री प्रसारण गरिरहेका छन् । त्यस्तै नेपाल र चीनको सम्बन्ध तथा भारतको कब्जा गरेका लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमापनि भारतीय मिडियाले हदैसम्म गिरेर समाचार सामग्री प्रकाशन/प्रसारण गर्दै आएका छन् ।
डिस होम, म्याक्स मिडिया, नेट म्याक्सलगायतका सेवाप्रदायकले भने भारतीय न्युज च्यानलको प्रसारण रोके पनि केहीले जारी राखेका छन् । अन्य सेवाप्रदायकले सरकारको निर्णयको प्रतीक्षा गरिरहेको बताएका छन् ।
प्रकाशित समय २०:०१ बजे

















