गृहपृष्ठ डा. मानबहादुर बिके : दलित समुदायबाट पहिलो सचिव
डा. मानबहादुर बिके : दलित समुदायबाट पहिलो सचिव
डा. मानबहादुर बिके नेपाल सरकारको सचिव पदमा पहिलो पटक दलित समुदायबाट पुगेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष उमेशनाथ मैनाली संयोजकत्वको बढुवा समितिले बिकेलाई सचिवका लागि सिफारिस गरेको थियो । खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका उनी ०६० सालमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका थिए । उनले श्रम विभागको महानिर्देशक, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र प्रदेश ५ को प्रमुख सचिवको जिम्मेवारीमा पनि रहेर पनि काम गरे । पाल्पाको निम्न वर्गीय परिवारमा जन्मिएका बिकेले ब्रान्डाइज युनिभर्सिटी अमेरिकाबाट पोस्ट डक्टरेट गरेका छन् ।
प्रकाशित समय १६:०३ बजे

















