गृहपृष्ठ कटुवा पेस्तोलसहित युवक पक्राउ
कटुवा पेस्तोलसहित युवक पक्राउ
जनकपुर उपमहानगरपालिका- ८ बजरंग चोक डेरा गरी बस्ने सुनिल कुमार अधिकारी कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ परेका छन् । सर्लाही हरिपुर्वा नगरपालिका- ८, बसतपुर घर भएका २१ वर्षीय अधिकारीलाई आइतबार साँझ पक्राउ परेका हुन् ।
जनकपुर उपमहानगरपालिका- ९, जनकपुरधाममा पैदल हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:५९ बजे

















