गृहपृष्ठ केही देश जिम्मेवार भएनन्, कोरोना महामारी थप जटिल बन्न सक्छ : डब्ल्युएचओ

केही देश जिम्मेवार भएनन्, कोरोना महामारी थप जटिल बन्न सक्छ : डब्ल्युएचओ

केही देशले कोरोनाभाइरसको महामारी रोक्ने जिम्मेवारी पूरा नगरेका कारण संक्रमण थप फैलिन थालेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चेतावनी दिएको छ । डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानमले कोरोना महामारी थप जटिल अवस्थामा पुग्नसक्ने बताए ।

लकडाउन खुकुलो बनाउने देशले अहिले कोरोनाको महामारी पहिलेको तुलनामा धेरै सामना गर्नु परेको उल्लेख गर्दै महानिर्देशक अधानमले भनेका छन, ‘केही देशले कोरोना भाइरसको महामारी रोक्ने आफ्नो जिम्मेवारी ठिक ढंगले पूरा गरेका छैनन् । त्यसैले कोरोना महामारी थप बढ्दो क्रममा छ ।’

कोरोना महामारी नियन्त्रणमा सबैको प्रयास रहेमा संक्रमणदर घट्न सक्ने डब्ल्युएचओले जनाएको छ । त्यसका लागि सबै देश जिम्मेवार बनेर व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड दिनुपर्ने महानिर्देशक अधानमले बताए । सामाजिक दूरीको पालना, मास्कको प्रयोग, अनावश्यक भिडभाडको नियन्त्रण लगायतका विधिको पालना गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित समय १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु