गृहपृष्ठ मौद्रिक नीतिको कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह

मौद्रिक नीतिको कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह

Nepal-Rastra-Bank-newskarobar

आर्थिक वर्ष २०७७/७८ का लागि नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक मौद्रिक नीतिले व्यवसायीहरुलाई केही भए पनि राहत महसुस भएको राष्ट्र व्यवसायी महासंघले जनाएको छ । जारी मौद्रिक नीतिको सही कार्यान्वयनमा विशेष ध्यान दिन पनि महासंघले राष्ट्र बैंकसमक्ष अनुरोध गरेको छ ।

नीतिको व्यवहारिक कार्यान्वयन चुनौतीपूर्ण हुने महासंघका अध्यक्ष नरेश कटुवालले बताएका छन् । ‘नीति बनाउनुमात्रै ठूलो कुरा हैन । यसको कार्यान्वयनको पाटो पनि उत्तिकै चुनौतीपूर्ण हुन्छ,’ उनले भने ।

कोरोनाभाइरस नियन्त्रणका लागि चार महिनादेखि जारी लकडाउनका कारण उद्योग व्यवसायहरु कठिन अवस्थामा गुज्रिरहेको बेला बैंकले ल्याएको मौद्रिक नीति स्वागतयोग्य भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासंघले उठाउँदै आएका मागहरुमध्ये ऋण तिर्ने समयअवधि ६ महिनादेखि २ वर्षसम्म थप हुने, ब्याजदर घटाउने, पुनर्कर्जा सुविधा साना उद्योगी-व्यवसायीहरुमा पुर्‍याउनेलगायत मौद्रिक नीतिमा गरिएका व्यवस्था स्वागतयोग्य रहेको महासंघले जनाएको छ ।

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु