गृहपृष्ठ पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
धादिङमा पहिरोमा पुरिएर एकै परिवारको तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर त्रिपुरासुन्दरी गाउँपालिका ६ गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिताको मृत्यु भएको हो ।
मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काले जानकारी दिए । केही दिनयताको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी सोमबार साँझसम्ममा ११३ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित समय ०८:२४ बजे

















