गृहपृष्ठ साउन ८ देखि सार्वजनिक यातायात सञ्चालनमा आउने

साउन ८ देखि सार्वजनिक यातायात सञ्चालनमा आउने

यातायात व्यवसायीले साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालनमा ल्याउने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा ल्याउने बताएका हुन् ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र बाहिर पनि जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । महासंघले आफू आबद्ध सबै यातायात कम्पनी, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको छ ।

महासंघका महासचिव सरोज सिटौलाले साउन ८ देखि यातायातका साधन सञ्चालनमा आउने बताए । कोरोनाभाइरस संक्रमण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण असार २६ देखि जिल्लाभित्र मात्र सार्वजनिक सवारी साधन चलाइएकोमा अब लामो तथा छोटो दूरीका सवारी साधन साउन ८ गतेदेखि चल्ने भएका छन् । यसअघि व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालनमा आनाकानी गर्दै आएका थिए ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु