गृहपृष्ठ दार्चुलामा फेरि पहिरो, दुई जनाको मृत्यु

दार्चुलामा फेरि पहिरो, दुई जनाको मृत्यु

दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर बस्तीमा घर पुरिएर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका ५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन ८ का सदस्य केशवसिंह धामीले जानकारी दिए । उनीहरुको शव घर भित्रबाट निकालिएको छ ।

पहिरोमा परी घरधनी ३५ वर्षीया लक्ष्मी ढोली, ९ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घाइते भएका छन्। तीन जनालाई छिमेकी र प्रहरीले घर भित्रबाट उद्धार गरेको स्थानीय अनिल खत्रीले जानकारी दिए ।

घाइतेको उद्धार

मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले पहिरामा पुरिएर घाइते भएका दुई जनालाई सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज पठाएका छन् । घाइते लक्ष्मी परियार र उनकी छोरी सोनियासहित एक जना कुरुवालाई मंगलबार उपचारका लागि नेपालगन्ज पठाइएको छ । अध्यक्ष धामीले उनीहरुलाई ३० हजार सहयोगसमेत गरेका छन् ।

घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज पठाउन अध्यक्ष धामीले बिहानदेखि पहल गरेका थिए । घाइते लक्ष्मीको घरमा आएका लेकम गाउँपालिकाका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । परियारको घरमाथि पहिरो आउँदा उनीहरु पुरिएका हुन् ।

प्रकाशित समय ०८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु