गृहपृष्ठ रक्सी खाएर गाडी चलाउने पक्राउ
रक्सी खाएर गाडी चलाउने पक्राउ
रक्सी खाएर गाडी चलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिका ५ घर भई काठमाडौं कालिमाटी बस्ने २८ वर्षीय तीर्थबहादुर कुसुलेलाई चन्द्रागिरि नगरपालिका १२ बलम्बुबाट सोमबार दिउँसो पक्राउ गरेको हो ।
रक्सी खाएका चालक कुसुले बा. १७ च ३३४३ नम्बरको गाडी लिई श्रीजन चोकबाट गुर्जुधारातर्फ जाँदै गर्दा बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बा. ४१ प ७०७८ र प्रदेश ३-०२-०११ प ४६९३ नम्बरको दुई वटा मोटरसाइकललाई ठक्कर दिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १८:२४ बजे

















