गृहपृष्ठ पुष्पलाल स्मृति दिवसमा वृक्षारोपण
पुष्पलाल स्मृति दिवसमा वृक्षारोपण
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औँ स्मृति दिवसका अवसरमा नगर पार्कमा वृक्षारोपण गरिएको छ । बुधबार जम्बुकाँधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चामुण्डाविन्द्रासैनी नगर कमिटी दैलेखको आयोजनामा वृक्षारोपण गरिएको हो ।
वर, पिपल, चिउरी लगायतका विरुवा रोप्नुका साथै पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गरी दिवस मनाइएको नेकपाका चामुण्डाविन्द्रासैनी नगर कमिटीका अध्यक्ष रविन्द्रबहादुर शाहीले जानकारी दिए ।
नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
प्रकाशित समय १८:४३ बजे

















