गृहपृष्ठ कामना सेवाद्वारा यातायात व्यवसायीलाई साउनको ब्याजमा ५० प्रतिशत छुट

कामना सेवाद्वारा यातायात व्यवसायीलाई साउनको ब्याजमा ५० प्रतिशत छुट

कामना सेवा विकास बैँकले नोवेल कोरोनाभाइरस (कोभिड १९) फैलिन गरेको लकडाउनबाट प्रभावित यातायात व्यवसायीलाई ब्याजमा ५० प्रतिशत छुट दिने भएको छ । हायर पर्चेज कर्जा लिएका ग्राहकले २०७७ असार मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज २०७७ साउन २० गतेभित्र भुक्तानी गरे कामना सेवाले साउनको ब्याजमा ५० प्रतिशत छुट दिने भएको हो ।

असारसम्मको साँवा तथा ब्याज असारभित्रै भुक्तानी गरेका ऋणीले पनि यो अवसर पाउने बैंकले जनाएको छ । यो योजनाले कोरोनाका कारण आहत बनेका यातायात व्यवसायीलाई अधिकतम लाभ पु‑याउने बैँकको विश्वास छ ।

प्रकाशित समय १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु