गृहपृष्ठ रञ्‍जन काेइरालाको सजाय घटाउने फैसला पुनरावलोकन गर्न अनुमति

रञ्‍जन काेइरालाको सजाय घटाउने फैसला पुनरावलोकन गर्न अनुमति

सजाय घटेपछि कारागारमुक्त हुँदै कोइराला ।

सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनको लागि सर्वोच्च अदालतले  अनुमति दिएको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ, कुमार रेग्मी र प्रकाशकुमार ढुंगानाको इजलासले कोइरालाको सजाय घटाउने सर्वोच्चकै फैसलामाथि पुनरावलोकन अनुमति दिएको हो ।

कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत पाटनले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले असार १५ गते कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सोहीअनुसार कोइराला साउन ८ गते कारागारमुक्त भइसकेका छन् ।

सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले कोइराला छुटेकै दिन पुनरावलोकनका लागि निवेदन दर्ता गरेको थियो ।

प्रकाशित समय १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु