गृहपृष्ठ सवारीसाधनमा जोरविजोर प्रणाली लागू, यस्ता छन् अरु निर्णय ?
सवारीसाधनमा जोरविजोर प्रणाली लागू, यस्ता छन् अरु निर्णय ?
सरकारले निजी तथा सार्वजनिक सवारी साधनमा जोरविजोर प्रणाली लागू गरेको छ । नोवेल कोरोनाभाइरस (कोभिड १९) को संक्रमित र मृतकको संख्या उच्चदरमा बढ्न थालेसँगै सरकारको जोरविजोर प्रणाली लागू गरेको हो ।
कोरोनाभाइरस संक्रमण र जोखिम बढेपछि मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग सल्लाह गरेका थिए । विज्ञहरूले दिएका विविध सुझावका आधारमा सरकारले बिहीबारदेखि नै कार्यान्वयमा लागे गरी जोरविजोर प्रणाली लागू गरेको हो ।
नेपालमा बुधबार मात्रै ३८१ संक्रमित थपिएका छन् भने दुई जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ भने १५ हजार १५६ उपचारपछि घर फर्किएका छन् । हालसम्म कोरोनाबाट ६० जनाको मृत्यु भएको छ ।
त्यस्तै बिहीबारदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका यात्रुबाहक सबै सवारी साधनलाई राति ७ बजेदेखि बिहान ७ बजेसम्म आवतजावतमा रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए ।
प्रकाशित समय २०:५९ बजे


















