गृहपृष्ठ उपत्यकाका प्रशासनमा अत्यावश्यक सेवाबाहेक सेवा बन्द*

उपत्यकाका प्रशासनमा अत्यावश्यक सेवाबाहेक सेवा बन्द*

CDO Office

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण व्यापक रूपमा फैलँदै गएपछि १५ दिनका लागि अत्यावश्यकबाहेकका प्रशासनिक कार्यालयका सेवा बन्द गरिने भएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका  प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

सर्वाधिक संक्रमण देखिएका जोखिमयुक्त क्षेत्र  महाबौद्द, न्युरोड, टेकुसहितका क्षेत्र स्थानीय तहहरूसँगका सहकार्यमा सिल गर्ने तयारीसमेत गरिएको हो ।

प्रजिअ बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्नेसमेत निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयहरू जारी विज्ञप्ति

प्रकाशित समय १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु