गृहपृष्ठ सेञ्चुरी कमर्सियल बैँकद्वारा ‘थ्रीडी सोर्स भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड’ सेवा सुरु
सेञ्चुरी कमर्सियल बैँकद्वारा ‘थ्रीडी सोर्स भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड’ सेवा सुरु
आफ्ना ग्राहकहरुको लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैँक लिमिटेडद्वारा IZealiant Technologies, India सँगको सहकार्यमा (थ्रीडी सोर्स) 3 D Secure सेवा प्रारम्भ गरेको छ ।
सो सम्झौताअनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डहरुबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ ।
थ्रीडी सोर्स सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा One Time Password (OTP) आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । थ्रीडी सोर्स सेवामा कार्ड र OTP दुबै आवश्यक पर्ने हुँदा कारोबार पूर्ण रूपले सुरक्षित हुन्छ ।
अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।
प्रकाशित समय १४:४५ बजे

















