गृहपृष्ठ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपतिको शुभकामना सन्देश
श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपतिको शुभकामना सन्देश
राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत होस् भनी शुभकामना दिएकी छन् । ‘श्रीकृष्ण जन्माष्टमीले नेपालीमा भावनात्मक एकता अझ सुदृढ बन्न सकोस्,’ राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछु ।’
विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको र यस प्रकारका ऐतिहासिक सांस्कृतिक परम्पराले हाम्रो समाजलाई एकताका सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पु–याउने उनको विश्वास छ ।
प्रकाशित समय ०८:३५ बजे

















