गृहपृष्ठ अमेरिकाको बाल्टिमोरमा ग्यास विस्फोट, एक महिलाको मृत्यु, सात घाइते
अमेरिकाको बाल्टिमोरमा ग्यास विस्फोट, एक महिलाको मृत्यु, सात घाइते
अमेरिकाको बाल्टिमोर सहरमा ग्यास विस्फोट हुँदा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्थानीय समयअनुसार बिहान साढे ४ बजेतिर ग्यास विस्फोट भएको हो । विस्फोटबाट नजिकका तीनवटा घर पुरै ध्वस्त भएको जनाइएको छ । घर भत्किएर फँसेका पाँच जनाको प्रहरीले उद्धार गरिसकेको छ । उनीहरूको अवस्था पनि गम्भीर रहेको समाचारमा उल्लेख छ । विस्फोटको कारण खुल्न सकेको छैन ।
प्रकाशित समय १०:४१ बजे

















