गृहपृष्ठ खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

dubera-newskarobar सांकेतिक तस्बिर ।

अछाम र कालिकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा पन्चदेवल विनायक नगरपालिकाका एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

पन्चदेवल विनायक- ९, तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना, १ वर्षीया आकृति र छोरा ७ वर्षीय हेमन्तको शनिबार साँझ मृत्यु भएको छ । खोला तर्नेक्रममा बगाई उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु