गृहपृष्ठ कोरोनाले ज्योति विकास बैंकको नाफा प्रभावित

कोरोनाले ज्योति विकास बैंकको नाफा प्रभावित

ज्योति विकास बैंकको नाफामा कोरोनाभाइरस (कोभिड १९) को प्रत्यक्ष प्रभाव परेको छ । बैंकले हालै सार्वजनिक गरेको गत वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफामा २३.०६ प्रतिशतले घटेको हो ।

अघिल्लो वर्ष ५३ करोड १३ लाख ४१ हजार नाफा गरेको बैंकले गत वर्ष ४० करोड ८८ लाख १० हजार रुपैयाँ खुद नाफा गरेको छ । हाम्रो विकास बैंकले गाभेको ज्योतिको वितरणयोग्य नाफा १४ करोड ९५ लाख १३ हजार रुपैयाँ छ ।

अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब २९ करोड ४३ लाख ८१ हजार रुपैयाँ रहेकोमा गत वर्ष १ अर्ब ३९ करोड ६० लाख २१२ रुपैयाँ छ । यस्तै अघिल्लो वर्ष ७४ करोड ७० लाख ७४ हजार १६२ रुपैयाँ सञ्चालन नाफा रहेकोमा गत वर्ष घटेर ५८ करोड ५८ लाख ७० हजार ५८५ रुपैयाँमा झरेको छ ।

बैंकको खराब कर्जा ०.५४ प्रतिशतबाट बढेर ०.६८ प्रतिशतमा पुगेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ३३ पैसा छ ।

प्रकाशित समय १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु