गृहपृष्ठ गुराँस लाइफ इन्स्योरेन्सको नाफामा २४ प्रतिशत वृद्धि
गुराँस लाइफ इन्स्योरेन्सको नाफामा २४ प्रतिशत वृद्धि
गुराँस लाइफ इन्स्योरेन्सले २४ प्रतिशत नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९ करोड ४९ लाख रुपैयाँ नाफा गरेको हो ।
अघिल्लो वर्ष कम्पनीको नाफा ७ करोड ६४ लाख रुपैयाँ थियो । गुराँस लाइफको खुद बिमा शुल्क पनि १६.३६ ले बढेर २ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही कम्पनीको खुद बिमा शुल्क १ अर्ब ८९ करोड थियो ।
कम्पनीको जीवन बिमा कोषको आकार पनि ५ अर्ब ८२ करोड रुपैयाँबाट बढेर ७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । गुराँस लाइफले असारसम्म ५१ करोड ३३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३७ करोड ६६ लाख रुपैयाँ छ । कम्पनीले महाविपत्ति कोषका लागि ४ करोड ५४ लाख रुपैयाँ सञ्चित गरेको छ । यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ १२ पैसा छ ।
प्रकाशित समय १७:२४ बजे

















