गृहपृष्ठ घर भत्किएका परिवारलाई नेविसंघका नेता ओझाको सहयोग

घर भत्किएका परिवारलाई नेविसंघका नेता ओझाको सहयोग

डोटीको आदर्श गाउँपालिका–१ घर भत्किएका परिवारलाई नेपाली कांग्रेको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य विजयराज ओझाले आर्थिक तथा अन्य सामाग्री सहयोग गरेका छन् ।

रेडक्रससँगको सहकार्यमा नेविसंघका नेता ओझाले बाझककानीका धर भत्केका ४ परिवारलाई त्रिपाल, भाडाकुडा र लत्ताकपडा वितरण गरेका हुन् । साथै घर भत्किदा मृत्यु हुनेका परिवारलाई पनि नगद दुई हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको नेपाली कांग्रेस डोटीले जनाएको छ ।

डोटीको आदर्श गाउँपालिका–१ मा गत श्रावण २७ गते घर भत्किदा आमा र छोराछोरीसहित चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २६ वर्षीया विष्ना लुहार, उनका १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी बालिकाको समेत ज्यान गएको थियो ।

प्रकाशित समय १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु