गृहपृष्ठ युनाइटेड इन्स्योरेन्सको नाफामा उच्च वृद्धि
युनाइटेड इन्स्योरेन्सको नाफामा उच्च वृद्धि
युनाइटेड इन्स्यारेन्स कम्पनी (नेपाल) ले गत वर्ष नाफामा उच्च वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड १२ लाख ५९ हजार रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष ३ करोड ४१ लाख ९ हजार रुपैयाँ नाफा गरेको हो । नाफामा यो वृद्धि ६० प्रतिशतभन्दा बढी हो ।
इन्स्योरेन्सले अघिल्लो वर्ष २३ करोड ३ लाख ८२ हजार रुपैयाँ खुद बिमा शुल्क संकलन गरेकोमा गत वर्ष ३१ करोड ८० लाख २२ हजार रुपैयाँ संकलन गरेको छ । चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ रहेको युनाइटेड इन्स्योरेन्सको जगेडा कोषमा ७ करोड ५२ लाख ११ हजार रुपैयाँ छ ।
त्यस्तै बिमा कोषमा ३० करोड ८० लाख छ भने महाविपत्ति जगेडा कोषमा ६९ लाख १४ हजार रुपैयाँ छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३२ पैसा छ ।
प्रकाशित समय १८:२९ बजे

















