गृहपृष्ठ नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिएको छ : राष्ट्रपति भण्डारी
नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिएको छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनगणतन्त्र बंगलादेशका राजदूत मास्फी बिन्ते शाम्सले राष्ट्रपतिभवन, शीतल निवासमा आज शिष्टाचार बिदाइ भेट गरेका छन् । सो अवसरमा राष्ट्रपतिले उनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकामा बधाई दिँदै भविष्यमा नेपाल र बंगलादेशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले नेपाल र बंगलादेशलाई प्रकृतिले दिएको स्रोतसाधनलाई दुवै मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न सहकार्य गर्नुपर्ने बताउँदै एक छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले बंगलादेशसँगको सम्बन्धलाई सधैँ उच्चउ महत्वछ दिएको व्यक्त गरिन् ।
यही वर्ष बंगलादेशका राष्ट्रपिता बंगबन्धुको सयौंँ वार्षिकोत्सव भएकाले सम्पूर्ण बंगगलादेशी जनतालाई उनले बधाई तथा शुभकामना पनि दिएकी छन् ।
प्रकाशित समय १८:५६ बजे

















