गृहपृष्ठ एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जर सम्झौता
एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जर सम्झौता

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको छ । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा दर्ता भई काभ्रेको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र प्रदेश १ स्थित सुनसरीको इटहरीमा दर्ता कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच आइतबार मर्जरसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
मर्जरसम्बन्धी समझदारी पत्रमा एनआईसी एशिया लघुवित्तका अध्यक्ष कपिल ढकाल र स्वदेशीका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका छन् । एनआईसी एशिया लघुवित्तको कर्णाली प्रदेशलगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लामा समेत गरी १२० शाखा छन् भने स्वदेशी लघुवित्त वित्तीय संस्थाको नेपालभर ८५ शाखा सञ्चालनमा छन् । मर्जरपश्चात कम्पनीको कुल शाखा संख्या २०५ शाखा पुग्नेछ ।
दुवै संस्थाले मर्जरसम्बन्धी सम्पूर्ण कार्य सम्पन्नपछि एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट २०७७ पुस पहिलो हप्ताभित्र एकीकृत कारोबार सञ्चालन गर्नेगरी कार्ययोजना बनाएका छन् । मर्जरसँगै यो संस्था देशकै ठूलो शाखा सञ्जाल र चुक्ता पुँजी भएको सबल, सक्षम र विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित कम्पनीको विश्वास छ ।
प्रकाशित समय १९:०६ बजे