गृहपृष्ठ मोटरसाइकलमा आएर पैदलयात्रीको सिक्री लुटपाट, २ जना पक्राउ

मोटरसाइकलमा आएर पैदलयात्रीको सिक्री लुटपाट, २ जना पक्राउ

arrest_पक्राउ_news karobar

ललितपुर महानगरपालिका- १, कुपण्डोलस्थित सडकबाट एकजना पैदलयात्रीको सुनको सिक्री लुटपाट भएको छ । सुनमाया तमाङको करिब ९८ हजार रुपैयाँ मूल्य बराबरको १ तोलाको सुनको सिक्री मोटरसाइकलमा सवार २ जनाले सोमबार लुटेर फरार भएका छन् ।

घटनामा शंकास्पद २ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग पुल्चोकले जानकारी दिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु