गृहपृष्ठ एसईईको नतिजा आजै सार्वजनिक हुने
एसईईको नतिजा आजै सार्वजनिक हुने
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल केहीबेर अघि प्रमाणित गरिसकेकाे छ ।
बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकाले केहीबेरमा परीक्षाफल प्रकाशित हुने जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयले करिब एक साताअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने तयारी गरेको हो । परीक्षााफल प्रकाशित भए पनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन ।
त्रुटि सच्याउन विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालय नै पुग्नुपर्ने व्यवस्था पनि हटाइएको छ । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइले नै त्रुटि सच्याएर विद्यालयमा पुर्याउने व्यवस्था गरेको छ ।
प्रकाशित समय १८:२१ बजे

















