गृहपृष्ठ उपत्यकामा कर्फ्यु लगाउन जिल्ला प्रशासन कार्यालयलाई अनुमति

उपत्यकामा कर्फ्यु लगाउन जिल्ला प्रशासन कार्यालयलाई अनुमति

सरकारले काठमाडाैं उपत्यकामा स्वास्थ्य संकटकाल घोषणा गरी कर्फ्यु लगाउन सक्ने गरी जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएको छ । उपत्यकाभित्र कोरोना संक्रमितहरूका संख्या लगातार बढ्न थालेपछि यो निर्णय लिइएको हो ।

यसअघि तीनै जिल्ला प्रशासन कार्यालय प्रमुखहरूले सरकारको अनुमति पर्खिरहेको बताएका थिए । साउन ३० गते रातिदेखि लागू हुनेगरी अत्यावश्यकबाहेकका पसल बन्द गर्न, भीडभाड, जात्रा, सभा, जुलुस, महोत्सवजस्ता गतिविधि नगर्न र सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेका थिए । त्यसको पालना नभएका कारण संक्रमण थप बढिरहेको स्वास्थ्यकर्मी र विज्ञहरूले बताएका छन् ।

उनीहरूको सुझावका आधारमा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्युका लागि स्वीकृति माग गरेका थिए ।

सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले  अब प्रमुख जिल्ला अधिकारीले सम्बन्धित जिल्ला र कुनै भागमा मात्र रहने गरी निषेधज्ञा जारी गर्नसक्ने अधिकार दिइएको जानकारी दिएका छन्।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने स्थानीय प्रशासनको तयारी

प्रकाशित समय १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु