गृहपृष्ठ हनुमाननगर नगरपालिकामा एकै परिवारका ८ सहित १२ जनामा कोरोना संक्रमण
हनुमाननगर नगरपालिकामा एकै परिवारका ८ सहित १२ जनामा कोरोना संक्रमण
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एकै परिवारका ८ सहित ११ जनामा कोरोना संक्रमण भएको पाइएको छ । हनुमाननगर कंकालिनी ९ हनुमाननगर बजार निवासी एकै परिवारका ३ महिलासहित ८ जनामा संक्रमण पुष्टि भएको नगर प्रमुख शैलेश साहले जानकारी दिए । बजारमा उनीहरूको किराना पसल छ ।
किराना पसलमा धेरै बस्ने परिवारका एक पुरुषमा संक्रमणको आशंका भएपछि परिवारका सबै सदस्यको परीक्षण गरिएको नगर प्रमुख साहले बताए । साउन २८ गते परीक्षणका लागि स्वाब संकलन गरिएको र मंगलबार कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए ।
संक्रमण पुष्टि भएका सबै एकै परिवारका भएकाले उनीहरुलाई होम आइसोलेसनमै राखेर निगरानी गरिने उनले जानकारी दिए । ‘होम आइसोलेसनका लागि प्रहरी र नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीको सहयोग लिन्छौँ,’ उनले भने, ‘तीनै तहका सरकारबीच समन्वय नहुँदा कन्ट्याक्ट ट्रेसिङदेखि स्वाब परीक्षणमा समेत समस्या र ढिलाइ भइरहेको महसुस मैले गरेको छु ।’
साउन २८ गते परीक्षणका लागि स्वाब पठाइएकामध्ये कंकालिनी नगरपालिकाका अन्य चार जनामा पनि कोरोना संक्रमण पुष्टि भएको साहले बताए ।
प्रकाशित समय १५:४९ बजे

















