गृहपृष्ठ सरकारी कोरोना कोषमा सिटिजन्स बैंकको थप २० लाख सहयोग

सरकारी कोरोना कोषमा सिटिजन्स बैंकको थप २० लाख सहयोग

citizens bank newskarobar

सिटिजन्स बैंक इन्टरनेसनलले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोरोना कोषमा थप २० लाख आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत कोषमा थप २० लाख १५ हजार ५०४ रुपैयाँ सहयोग गरेको हो ।

यसअघि बैंकले प्रत्येक सरकारअन्तर्गतको कोषमा सात लाखका दरले ४९ लाख र विभिन्न स्थानीय तहमा खडा गरिएका कोषमा करिब ६ लाख रुपैयाँ जम्मा गरेको थियो । बैंकले यसबीचमा विभिन्न संघसंस्थालाई पनि ६ लाख सहयोग प्रदान गरिसकेको छ । यो सबै गरी बैंकले मंगलबारसम्ममा ८१ लाख रुपैयाँ सहयोग गरिसकेको जनाएको छ ।

प्रकाशित समय १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु