गृहपृष्ठ बझाङको बुंगलामा गएराति पहिरो जाँदा २ जना वेपत्ता, ४ घाइते

बझाङको बुंगलामा गएराति पहिरो जाँदा २ जना वेपत्ता, ४ घाइते

rasuwa pahiro-newskarobar सांकेतिक तस्बिर

गएराति बझाङको बुंगलमा पहिरो जाँदा दुई जना बेपत्ता भएका छन् भने ४ जना घाइते भएका छन् । बुंगल नगरपालिका ५ मिडिमा गएराति करिब सबा एक बजे स्थानीय प्रताप ताम्राकारको घरमाथि पहिरो जाँदा २ जना वेपत्ता र ४ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पहिरोमा परेर ४० वर्षीया पिपला ताम्राकार, १८ वर्षीया सुनिता र १२ वर्षीया सन्तोसी ताम्राकार र १६ वर्षका अनिल ताम्राकार घाइते भएका छन् । घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

त्यस्तै १४ वर्षीय सचिन ताम्राकार र बुंगल नगरपालिका ४ तीर्थबगरका ५ वर्षीय सुदिप ओखेडा बेपत्ता भएका छन् । सुदिप केही दिन अघि आफ्नो फुपूको घरमा आएका थिए । वेपत्ता दुबैको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङ जनाएको छ ।

प्रकाशित समय ०९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु