गृहपृष्ठ गोठभन्दा गएगुज्रेको आइसोलेसन सेन्टर, नजिकै मसानघाट (भिडियोसहित)

गोठभन्दा गएगुज्रेको आइसोलेसन सेन्टर, नजिकै मसानघाट (भिडियोसहित)

संखुवासभाका एक जना कोरोना संक्रमितले आफूलाई गोठभन्दा गएगुज्रेको आइसोलेसन सेन्टरमा राखिएको गुनासो गरेका छन् । संखुवासभाको धर्मदेवी नगरपालिकास्थित पिलुवाखोलामा बनाइएको टिनको टहरोमा २ जना कोरोना भाइरस संक्रमितलाई साना बेञ्च बनाएर राखिएको छ ।

आइसोलेसन सेन्टरमा कुनै पनि पर्याप्त व्यवस्था नभएको, कोही पनि स्वास्थ्यकर्मी नआएको ती कोरोना प्रभावित युवाले गुनासो गरेका छन् । ती युवाले फेसबुकमा भिडियो नै सार्वजनिक गरेर आइसोलेसन सेन्टरनजिक मसान घाट रहेकोले आफूहरू त्रासमा बस्नुपरेको बताएका छन् ।

भिडियो सुजन घिमिरेको फेसबुकबाट

प्रकाशित समय १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु