गृहपृष्ठ डिजिटल बैंकिङलाई लक्षित गरी सनराइजले ल्यायो नारी बचत खाता

डिजिटल बैंकिङलाई लक्षित गरी सनराइजले ल्यायो नारी बचत खाता

sunrise-newskarobar

डिजिटल माध्यममा नयाँ‑नयाँ सेवा र सुविधा प्रदान गर्दै आएको सनराइज बैंकले महिलालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सनराइज नारी बचत खाता सुरु गरेको छ । तीजको विशेष अवसर पारेर सुरु गरिएको खाताले महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ ।

उत्सवको मौसमलाई मध्यनजर गर्दै बैँकले उक्त खाता शून्य मौज्दातमा खोल्न सकिने व्यवस्थाका साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट र केही गर्ने उद्देश्य राखेका महिरुलाई प्रोत्साहन पुगोस् भनेर कर्जा लिँदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्थासमेत गरेको छ । साथै, महिलाले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा २ हजार रुपैयाँसम्मको क्यास ब्याक दिने व्यवस्थासमेत गरेको छ ।

विभिन्न स्वास्थ्य बिमासमेत समावेश रहेको उक्त खाता हाल लकडाउनको अवस्थामा ग्राहकले घरमा बसी‑बसी अनलाइनबाट खोल्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित समय १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु