गृहपृष्ठ पाँचौं तामाङ ज्ञान महोत्सवको तयारी पूरा
पाँचौं तामाङ ज्ञान महोत्सवको तयारी पूरा
८८ औं तामाङ पहिचान दिवसको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबारबाट सुरु हुने ८८ औं तामाङ पहिचान दिवसको अवसरमा पाँचौं तामाङ ज्ञान महोत्सव पनि हुने भएको छ ।
महोत्सवमा तामाङ पहिचानसँग सम्बन्धित विभिन्न क्षेत्रका प्राध्यापक, समालोचक, विद्वान तथा विद्यार्थीहरुबाट ३० वटा कार्यपत्र प्रस्तुत हुने अमृत योन्जन तामाङले बताए ।
तामाङका अनुसार ‘तामाङ विकासका मोडल र कार्यान्वयन पक्ष’, तामाङ बाल साहित्यमा अनुवादका चुनौती’ र तामाङ डायस्पोरा : मुद्धा र चुनौती जस्ता विषयमा तीन वटा सत्र सञ्चालित हुनेछन् ।

प्रकाशित समय ०९:२७ बजे

















