गृहपृष्ठ कोरोनाको कहरमा लक्ष्यभन्दा बढी राजस्व संकलन
कोरोनाको कहरमा लक्ष्यभन्दा बढी राजस्व संकलन
आन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको सुरुवाती समयमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार साउन महिनामा विभागले तोके भन्दा बढी राजस्व संकलन भएको हो ।
कोरोना कहरको समयमा समेत कार्यालयलाई लक्ष्य एक अर्ब ४६ करोड २२ लाख ३ हजार तोकीएकोमा शून्य दशमलब ९२ प्रतिशत बढी संकलन गरेको हो । कार्यालयका प्रमुख शुबप्रसाद रिजालका अनुसार साउन महिनामा एक अर्ब ४७ करोड ५६ लाख ७५ हजार रुपैयाँ राजस्व उठेको छ ।
कार्यालयले साउन महिनामा सबैभन्दा बढी अन्तशुल्क शीर्षकबाट राजश्व असुली गरेको छ । सबैभन्दा कम स्वास्थ्य सेवा करबाट उठेको छ । अन्तःशुल्कबाट ९८ करोड २४ लाख ५० हजार रुपैयाँ र स्वास्थ्य सेवा करबाट ११ लाख २५ हजार रुपैयाँ राजस्व उठेको छ ।
कार्यालयले लक्ष्यभन्दा बढी आयकर र व्याजकर शीर्षकमा राजस्व असुल गर्न सफल भएको छ । व्याजकरमा २० करोड १७ लाख ९४ हजार रुपैयाँ राजस्व उठेको छ । यो महिनामा १३ करोड ३७ लाख ७३ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिइएको थियो । आयकरमा कार्यालयले २ करोड ८० लाख २४ हजार रुपैयाँ राजस्व असुली गरेको छ । सो महिनामा यसमा ७६ लाख ५२ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको थियो ।
यस्तै मुल्य अभिवृद्धि करअन्तर्गत २५ करोड ८३ लाख ९५ हजार रुपैयाँ र बहाल कर ३८ लाख ८७ हजार रुपैयाँ असुली भएको छ । विभागले कार्यालयलाई यस वर्षको १८ अर्ब ९० करोड रुपैयाँ लक्ष्य तोकेको छ । कार्यालयमा अहिले ५० हजार करदाता रहेको कार्यालयले जनाएको छ ।
यस कार्यालयले साउनदेखि चितवन मात्रै हेर्दै आएको छ । चालू आर्थिक वर्षबाट सुस्ता पूर्व नवलपरासी कार्यालय स्थापना भएपछि जिल्ला मात्रै हेर्न थालेको हो ।
डा. बगाले कोरोनामुक्त
रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा।विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल भएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा।बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।
भरतपुर अस्पतालबाट स्वाब दिनुभएका डा।बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । डा. बगालेलाई १२ दिन अघि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि घरकै आईसोलेसनमा बसेका थिए ।
कार्य क्षेत्रमै खटिएका बेलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनसँगै परीक्षणका क्रममा श्रीमतीको भने पुनः संक्रमण देखिएको बगालेले जानकारी दिए । आईसोलेसनमानै रहेका छोराको भने नतिजा नेगेटिभ आएको छ ।
प्रकाशित समय १०:०१ बजे

















