गृहपृष्ठ मन्त्रिपरिषदका २२ निर्णय : ऋण स्वीकृतदेखि सरूवा, बढुवा र पदस्थापनसम्म
मन्त्रिपरिषदका २२ निर्णय : ऋण स्वीकृतदेखि सरूवा, बढुवा र पदस्थापनसम्म

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केही कर्मचारीको सरुवा, बढुवा र पदस्थापनका निर्णय गरेको छ । यसका साथै सरकारले कृषिको विकासका लागि अन्तराष्ट्रिय कोषबाट ११ अर्ब ६५ करोडको रुपैयाँ सहुलियपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक तथा ज्ञानप्रसाद ढकाललाई सहसचिव वा सोसरहको सहन्यायाधिवक्ता पदमा नियुक्त गरी उच्च सरकारी वकिल कार्यालय धनकुटामा पदस्थापन गरेको छ । मन्त्रिपरिषद बैठकले प्रशासन सेवाका सहसचिव उदयबहादुर रानामगर र नवराज ढकाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ ।
बैठकले आर्थिक वर्ष ०७७/७८ का लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गतका आयोजना तथा कार्यक्रमहरुका लागि राजपत्रांकित श्रेणीको ४५ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
प्रकाशित समय १७:२९ बजे