गृहपृष्ठ ७२ डीएसपीको सरुवा (सूचीसहित)

७२ डीएसपीको सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले सोमबार ७२ जना नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । नेपाल प्रहरीको भदौ १५ गतेको निर्णयानुसार डीएसपीको सरुवा भएको हो । केही जिल्लाका प्रमुख फेरिएका छन्  ।

अछाममा योगेन्द्रसिंह थापा, डोल्पामा राजु पाण्डे, जुम्लामा माधवप्रसाद काफ्ले, बझाङमा रुपक खड्का, प्युठानमा सुनिल मल्ल र नुवाकोटमा हरिबहादुर ओलीलाई सरुवा गरिएको छ । महानगरीय प्रहरी वृत कालिमाटीमा अपिल बोहरा, इलाका प्रहरी कार्यालय इटहरीमा अर्जुन केसी, महानगरीय प्रहरी वृत्त जगातीमा राजेश थापा र महानगरीय प्रहरी वृत्त दरबारमार्गमा रामेश्वर पौडेललाई पठाइएको छ ।

दैलेखमा अनुपम श्रेष्ठ, सल्यानमा गोविन्द थापा, तेह्रथुममा गौतम थापा, कालिकोटमा चक्रबहादुर शाह, मुगुमा चित्रबहादुर भट्टराई, पाँचथरमा दानबहादुर थापा, रोल्पामा नरेशराज सुवेदी, बाजुरामा मदनजित बोहरा, डडेल्धुरामा महेन्द्र नेपाललाई पठाइएको छ ।

हेर्नुहोस् पूरा सूची :

प्रकाशित समय १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु