गृहपृष्ठ लिबर्टी इनर्जीको आईपीओ बाँडफाँड

लिबर्टी इनर्जीको आईपीओ बाँडफाँड

लिबर्टी इनर्जीले सर्वसाधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ । एनआइबिएल एस क्यापिटलले सोमबार लिबर्टी इनर्जीको सेयर बाँडफाँड गरेको हो ।

आइपीओमा आवेदन गर्ने १ लाख ८८ हजार ३७३ आवेदकमध्येका योग्य आवेदकले १० कित्तादेखि ४० कित्तासम्म सेयर पाएका छन्, जसअनुसार ९४ हजार ९०४ आवेदकले १० कित्ता पाएका छन् भने ४५ हजार ४८ आवेदकले २० कित्ता, ४८ हजार २२१ आवेदकले ३० कित्ता र २५ हजार ६२० आवेदकले गोलाप्रथाबाट थप १० कित्ता गरी ४० कित्ता सेयर पाएका छन् ।

लिवर्टीको आईपीओमा १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो, तीमध्ये १२६ वटा रद्द भएका छन् । ३० कित्तासम्म माग गरेका सबै आवेदकलाई माग गरेजति सेयर वितरण गरिएको छ । ३० कित्ताभन्दा बढी आवेदन गर्ने ३६ हजार ५५८ मध्ये गोलाप्रथाका आधारमा २५ हजार ६२० जनालाई थप १० कित्ता सेयर बाँडफाँड गरिएको एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

सामूहिक लगानी कोषका लागि छुट्याइएको १ लाख १२ हजार ५०० कित्ता सेयरमा आवेदन नपरेको क्यापिटलले जनाएको छ । कर्मचारीका लागि छुट्याइएको ४५ हजार कित्ता सेयरमध्ये ६ हजार १०० कित्ताका लागि आवेदन परेको छ ।

प्रकाशित समय १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु