गृहपृष्ठ निषेधाज्ञा र बन्दाबन्दीको मापदण्ड
निषेधाज्ञा र बन्दाबन्दीको मापदण्ड
सरकारले कोरोना भाइरसको संक्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी संक्रमित भएका जिल्लामा लकडाउन गर्न निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी संक्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ ।
पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १२ वटा रहेका छन् । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही रहेका छन् । अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड- १९ को संक्रमित को सर्वेक्षणमा भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । उनले मन्त्रालयले आफ्नै नेपालमा कति संक्रमित हुन सक्छन् भनेर अनुमान गर्नका लागि प्रक्षेपण गरिरहेको समेत जानकारी दिए ।
उनले कोभिड- १९ को खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको भन्दै खोपको सफल परीक्षणपश्चात नेपालमा समेत ल्याइने जानकारी दिए । यस्तै मन्त्रालयले सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्नसमेत आग्रह गरेको छ । कोरोना भाइरसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन प्रवक्ता डा. गौतमले विगत २४ घण्टामा एक हजार १२० जनामा देखिएको छ ।
अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जना कोभिड- १९ को संक्रमण देखिएको छ । आजै १ हजार ११२ जना निको भएका छन् । अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन् । यो ५६ प्रतिशत हो ।
प्रकाशित समय १८:२३ बजे

















