गृहपृष्ठ श्रम स्वीकृतिका लागि एनओसी प्रमाणीकरण अनिवार्य

श्रम स्वीकृतिका लागि एनओसी प्रमाणीकरण अनिवार्य

वैदेशिक रोजगार विभागले गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नेपाली दूतावासबाट प्रमाणित गरेर पेश गरेपछि मात्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति जारी गर्ने जनाएको छ ।

विभागले बुधबार एक सूचना जारी गर्दै गत फागुन २९ गतेअघि मागपत्र प्रमाणित भइ पूर्वस्वीकृति लिएकाको हकमा अन्तिम श्रम स्वीकृति लिन दूतावासाबट प्रमाणित एनओसी पेश गर्नुपर्ने जनाएको छ । यस्तै पूर्वस्वीकृति लिने प्रक्रियामा रहेका र नयाँ मागपत्रको हकमा समेत गन्तव्य मुलुको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसी सम्बन्धित मुलुकस्थित नेपाली दूतावासबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने छ ।

नयाँ व्यक्तिगत श्रम स्वीकृतिको हकमा गन्तव्य मुलुकको सम्बन्धित रोजगारदता कम्पनीको आधिकारिक इमेलबाट हालै जारी एनओसी वैदेशिक रोजगार कार्यालय ताहाचलको आधारिक इमेलमा प्राप्त भएको हुनुपर्ने विभागले जनाएको छ । यही भदौ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा श्रमस्वीकृति खुला गर्ने निर्णय गरेको थियो ।

वैदेशिक रोजगार कार्यालय ताहाचलले काठमाडौँको निषेधाज्ञा खुलेपछि श्रम स्वीकृति प्रदान गर्ने तयारी गरेको छ । सरकारले यसअघि देखि नै बिदामा आएका नेपालीलाई काममा फर्कन पुनः श्रम स्वीकृति दिँदै आएको छ ।

प्रकाशित समय १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु