गृहपृष्ठ ज्योति लाइफको बोनस दर अधिकतम ७५ रुपैयाँ निर्धारण
ज्योति लाइफको बोनस दर अधिकतम ७५ रुपैयाँ निर्धारण
ज्योति लाइफ इन्स्योरेन्सले बोनस दर निर्धारण गरेको छ । कम्पनीले असार मसान्तसम्ममा जारी भएका बिमालेखहरुमा दिने बोनस दर प्रति हजार न्यूनतम् ४३ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो ।
कम्पनीले सावधिक जीवन बिमालेखका लागि नौ वर्ष अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा धेरै वर्ष अवधिको सावधिक जीवन बिमालेखका लागि ७५ रुपैयाँ बोनस दर तोकेको हो ।
साथै, कम्पनीले सावधिक तथा आजीवन जीवन बिमालेखका लागि नौ वर्ष अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा धेरै वर्ष अवधिको बिमालेखमा ७५ रुपैयाँ बोनस दर तोकेको छ ।
त्यस्तै अग्रिम भुक्तानी जीवन बिमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको बिमालेखका लागि ५० रुपैयाँ बोनस दर तोकिएको कम्पनीले जनाएको छ ।
प्रकाशित समय १७:५८ बजे

















