गृहपृष्ठ मन्त्रिपरिषद् पुनर्गठन हुन्न : प्रधानमन्त्री
मन्त्रिपरिषद् पुनर्गठन हुन्न : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेका छन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई ढुक्कले काम गर्नका प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।
हल्लाकोपछि नलाग्न र ढुक्कसँग आफ्नो जिम्मेवारी पूरा गर्न उनले मन्त्रीहरूलाई आग्रह गरे ।मन्त्रिपरिषद् पुनर्गठनको कुरा आफूहरुविरुद्ध गरिएको प्रचारको रुपमा प्रधानमन्त्री ओलीले अर्थ लगाएका छन् । ‘मन्त्रिमण्डल पुनर्गठनको कुरा कहाँबाट आयो ? कसरी हल्ला चलेका छन् । मैले कहीँ बोलेको छैन । यो हामीविरुद्धको प्रचारमात्र हो,’ उनले भने ।
नेकपा कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिए पनि प्रधानमन्त्री ओलीले यसको कुनै संकेत नगरेको एक मन्त्रीले बताए । उनले खाली ठाउँमा नयाँ नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नगर्ने आफू निकटसँग बताएका ती मन्त्रीले जानकारी दिए ।
प्रकाशित समय १६:२१ बजे

















