गृहपृष्ठ काठमाडौं उपत्यकामा ४५४ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ४५४ जना संक्रमित थपिए

फाइल तस्बिर ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा ४ सय ५४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ सय ८६ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बिहीबार उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमित थपिएका थिए । जसमध्ये काठमाडौंमा ३ सय ५७, भक्तपुर ४२ र ललितपुरमा ४६ जना थिए ।

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु